भोलिबाट अतिआवश्यकीय पसल मात्र विहान विहान ७ देखि १० बजेसम्म खोल्न नगरको अनुरोध - Pahilo Online

भोलिबाट अतिआवश्यकीय पसल मात्र विहान विहान ७ देखि १० बजेसम्म खोल्न नगरको अनुरोध

writer

पथरीशनिश्चरे । भोलि आइतबारबाट पथरीशनिश्चरे नगर क्षेत्रमा अतिआवश्यकीय पसल मात्र खोल्न दिइने निर्णय भएको छ । कोरोना भाइरसको दिनदिनै जोखिम बढ्दैगएपछि स्वास्थ्य सतर्कता अपनाउन आवश्यक रहेकाले अत्यावश्यकीय पसलहरु मात्र विहानको समयमा सञ्चालन गर्न दिइने नगरपालिका कार्यालयले जनाएको छ ।

पथरी शनिश्चरेको नगर कार्यपालिका र नगरस्तीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिले कोरोना जोखिमका कारण जेठ ७ देखि १० गतेसम्म सम्पूर्ण पसल बन्द गर्ने निर्णय गरेको थियो । कम्तिमा डेढ मिटरको सामाजिक दुरी कामय गरी मास्क, ग्लोब लगाई साबुनपानीले हात धोएर तथा सेनिटाइजरको प्रयोग गरी अन्त्यन्तै स्वास्थ्य सतर्कता अपनाएर जेठ ११ बाट विहान ७ देखि विहान १० बजेसम्ममात्र खाद्यान्न, सागसब्जी, औषधि जस्ता अत्यावश्यक सामग्रीका पसल सञ्चालनका लागि अनुरोध गरिएको छ ।

साथै, तोकिएको सो समयमा पथरी बजार क्षेत्रका सब्जी पसलेहरुले वडा कार्यालयबाट अनुमति लिएर र वडाले तोकेको ठाउँमा मात्र सब्जी पसल सञ्चालन गर्न समेत जानकारी गराइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes