धनकुटामा ८४ जनाको स्वाब संकलन आज परीक्षणका लागि पठाइदै - Pahilo Online

धनकुटामा ८४ जनाको स्वाब संकलन आज परीक्षणका लागि पठाइदै

writer

धनकुटा । जिल्ला अस्पताल धनकुटाका सूचना अधिकारी राजन रेग्मीका अनुसार स्वास्थ्य कार्यालयका कर्मचारी, अस्पतालका बाँकी रहेका स्वास्थ्यकर्मी, बिरामीका कुरुवा, सुरक्षाकर्मी, संक्रमित स्वास्थ्यकर्मीका परिवार र अस्पतालको क्वाटरभित्र रहेका सबै स्वास्थ्यकर्मीका परिवार गरी ८४ जनाको स्वाब संकलन गरिएको छ। धनकुटामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका परिवार गरी सातजनामा कोरोना संक्रमण देखिएपछि उनीहरुको सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरिएके हो।

संकलन गरिएको स्वाब शुक्रबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइने र शनिबारसम्ममा रिपोर्ट आइसक्ने अस्पतालका सूचना अधिकारी रेग्मीले बताए। यसअघि धनकुटामा जेठ चार एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि जेठ ५ मा अस्पतालका कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षकर्मी, बिरामी र कुरुवा गरी ८३ जनाको स्वाब संकलन गरिएको थियो। तीमध्ये अस्पतालमा कार्यरत चारजना स्वास्थ्यकर्मी, दुईजना सुरक्षाकर्मी र एकजना स्वास्थ्यकर्मीका परिवार गरी सातजनामा कोरोना संक्रमण देखिएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes