इटहरीर । इटहरी उपमहानगरले वडा न. २० का २५ जना विपन्न कृषकलाई कोरली गाई वितरण गरेको छ । गाई पाएपछि विपन्न कृषकहरु खुशी भएका छन । इटहरीका मेयर द्वारिकलाल चौधरी र उपमेयर लक्ष्मी गौतमले प्रयाप्त सामाजिक दुरी कायम गरेर ठूलो चौरमा कोरली गाई वितरण गरिएको हो ।
उपमहानगरले सतप्रतिशत अनुदानमा गाई वितरण गरेको हो । आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि कृषकलाई कोरोली गाई वितरण गरिएको मेयर चौधरीले बताए । यो कार्यले इटहरीलाई दुधमा आत्मनिर्भर वनाउने उपमहानगरको अभियानलाई सहयोग पुग्ने उपमेयर गौतमको भनाई छ ।
उनका अनुसार अव वडा नम्वर १ र २ का पचास जना कृषकलाई यसैगरि कोरोली गाई वितरण गर्ने कार्यक्रम छ । उपमहानगरले वडा नम्वर १,२ र २० लाई गाईपालन जोनका रुपमा क्षेत्र निर्धारण गरेको छ । इटहरी उपमहानगरको आन्तरिक श्रोत वाट यो कार्यक्रमका लागि २० लाख वजेट विनियोजन गरिएको थियो ।