प्रदेश १ मा दुईवटा पीसीआर परीक्षण प्रयोगशाला थप गरी दैनिक १ हजार परीक्षण गर्ने तयारी - Pahilo Online

प्रदेश १ मा दुईवटा पीसीआर परीक्षण प्रयोगशाला थप गरी दैनिक १ हजार परीक्षण गर्ने तयारी

writer

मोरङ। प्रदेश १ मा दिन प्रतिदिन तीव्र गतिमा संक्रमित बढिरहेले प्रदेश १ मा अब परीक्षणको क्रम अझ बढाइने भएको छ । मुख्यमन्त्री शेरधन राईले दैनिक एक हजारको संख्यामा पीसीआर परीक्षण गर्ने तयारी भइरहेको बताएका छन् ।

परीक्षणका लागि थप दुईवटा पीसीआर परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याइने उनको भनाइ छ । हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराटनगरस्थित कोसी अस्पताल र प्रादेशिक प्रयोगशालामा पीसीआर विधिबाट शंकास्पद संक्रमितको स्वाब नमुना परीक्षण भइरहेको छ । परीक्षणको दायरा बढाउँदा संक्रमितहरुको संख्या बढिरहेको उनको भनाइ छ ।

प्रदेशभर बिहीबारसम्म पीसीआर विधिबाट चार हजार जनाको परीक्षण भइसकेको मुख्यमन्त्री राईले बताए । भिडियो सन्देशमार्फत उनले दिएको जानकारीअनुसार आरडीटी विधिबाट १० हजारभन्दा बढीको परीक्षण गरिएको छ ।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकार गम्भीरतासाथ लागिरहेको मुख्यमन्त्री राईले बताएका छन् । उनले लकडाउनको पालना गर्न आग्रह गर्दै संक्रमण फैलन नदिन सबैले जिम्मेवार हुनुपर्ने बताए । दिनहुँ संक्रमण बढ्दै जाँदा त्रास फैलिएको हुन सक्ने भन्दै यो बेला सबैले सुरक्षित भएर घरमै बस्न उनले आग्रह गरेका छन् ।

प्रदेश १ मा बिहीबार साँझसम्म संक्रमण पुष्टि भएकाको संख्या ८४ पुगेको छ । झापामा सबैभन्दा बढी ३५, उदयपुरमा ३३, धनकुटामा ७, मोरङमा ४, सुनसरीमा ३, भोजपुर र खोटाङमा एक–एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । २६ जना उपचारपछि डिस्चार्ज गरिएका छन् । संक्रमितहरु अधिकांश भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेकाहरु छन् । झापाको केचनाकवलका सबैजसो संक्रमित भारतबाट फर्केकाहरु हुन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes