ओखलढुंगामा लडेर १ को मृत्यु - Pahilo Online

ओखलढुंगामा लडेर १ को मृत्यु

सोलुखुम्बुमा श्रीमानलाई खुकुरी प्रहार गर्ने श्रीमती पक्राउ

writer

ओखलढुंगा । ओखलढुंगा सिद्धिचरण ७ दोल्पु बस्ने ४५ बर्षीय पासाङ फुरी शेर्पाको लडेर मृत्यु भएको छ । बिहिबार अपरान्ह ०५ बजे घरबाट जंगलमा च्याउ खोज्न गएका शेर्पा खर पाखाबाट लडी २ मिटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

जंगलमा च्याउ खोज्न गएका शेर्पा अबेर सम्म पनी घर फर्की नआएपछी आफन्तले खोजी गर्ने क्रममा उनलाई मृत अवस्थामा फेला पारी प्रहरीमा खबर गरेका थिए । घटना सम्बन्धमा कानुनी कारबाही भईरहेको छ ।

त्यसैगरी सोलुखुम्बुको सोताङ बस्ने ४६ बर्षीया परीमाया राईले आफ्नै श्रीमानालाई खुकुरी प्रहार गरेकी छिन । हिजो दिउसो साढे ३ बजे घरमा बसिरहेका ४५ बर्षीय प्रताप सिंह राईलाई परीमायाले टाउँकोमा खुकुरी प्रहार गरेकी हुन । खुकुरी प्रहारबाट घाईते भएका प्रतापको स्थानीय प्रथामिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ ।

मादक पदार्थ सेवन गरी घरमा आएकी परीमायाले एक्कासी श्रीमानालाई खुकुरी प्रहार गरी फरार भएकी थिईन । तत्काल प्रहरीमा खबर हुनसाथ उनलाइ पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सोताङले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes