पथरीशनिश्चरेमा १० बेडको होल्डिङ स्थल बनाउने - Pahilo Online

पथरीशनिश्चरेमा १० बेडको होल्डिङ स्थल बनाउने

writer

पथरीशनिश्चरे । नगरमा पनि कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै जानसक्ने अवस्थालाई मध्यनजर गर्दै मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले १० बेडको होल्डिङस्थल बनाउने भएको छ । नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको आजको बैठकले पथरी बहुमुखी क्याम्पसमा १० बेडको होल्डिङस्थल बनाउने निर्णय गरेको नगर प्रमुख दिलीपकुमार राईले जानकारी दिए।

नगर कार्यपालिकाको हिजोको बैठकले नेपाल बाहिरबाट आएकाहरुकालागि क्वारेन्टाइनमा जानु अघि तत्काल छुट्टै र सुरक्षित राख्नका लागि होल्डिङ स्थल बनाउने निर्णय गरेको थियो । सोही अनुरुप समन्वय समितिले पथरी क्याम्पसको कोठालाई १० वटा बेडका रुपमा होल्डिङ स्थल बनाउने निर्णय गरेको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes