लकडाउन कार्यलाई कडाई गर्न अनुगमन् - Pahilo Online

लकडाउन कार्यलाई कडाई गर्न अनुगमन्

writer

पथरी शनिश्चरे । कोरोना भाइरसको संक्रमणको जोखिम बढेकाले मोरङको पथरी शनिश्चरे नगरले बन्दाबन्दी (लकडाउन) कार्यलाई कडाई गर्न बुधबार अनुगमन् गरेको छ । नगर उपप्रमुख एवम् नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिकी सदस्य यमुना विष्ट वास्तोलाको अगुवाईमा वडा नम्वर १ को पथरी बजार तथा ४ र ९ मा पर्ने शनिश्चरे बजार क्षेत्रको अनुगमन् गरिएको हो ।

मंगलबार कार्यपालिका बैठकको निर्णय अनुरुप केही दिनका लागि औषधि पसल, अस्पताल बाहेकका सम्पूर्ण पसल वन्द गर्न सूचना गरिएको अवस्थामा केही पसल खोलिएको पाइएपछि त्यस्ता पसल बन्द गराइएको उपप्रमुख वास्तोलाले जनाउनु भयो । यसैक्रममा, उपप्रमुख एवम् अनुगमन् समिति संयोजक वास्तोलाको अगुवाईको प्राविधिक सहितको टोलीले कोरोनाबाट जोजिने स्वास्थ्य सतर्कता अपनाउँदै सम्पन्न भएका योजनाहरुको आजै अनुगमन् गरेको छ ।

टोलीले वडा नम्वर ४ को गुरागाईंको घरबाट शान्तिचोक पोखरेलको घर दक्षिण बर्गचोक र सन्देशचोकको ग्राभेलिङ कार्यको अनुगमन् गरेको छ । त्यहाँ प्रदेश सरकारको सांसद कोष अन्तर्गतको योजनाका रुपमा २२ लाख ६८ हजारको बजेटमा १ किलोमिटर ९ सय ५० मिटर लम्वाई र ५ मिटर चौडाईको ग्राभेलिङ कार्य सम्पन्न भएको हो । त्यसैगरी, समितिले वडा कार्यालयको १३ लाख रुपैयाँको स्टिमेटमा निर्माण सम्पन्न भएको ३ नम्वर वडाको फायरलाइनबाट पिपलचोकहुँदै भोटेघुम्ती नमूना सडकको पनि अनुगमन् गरेको छ । त्यहाँ, १ किलोमिटर २ सय मिटर लम्वाई र ५ मिटर चौडाईको सडक ग्राभेलिङ भएको छ ।

वडाको ८ लाख रुपैयाँ बजेट स्टिमेटमा १ नम्वर वडाको साकेलाथानमा तारजाली सहितको वाल निर्माण कार्यको पनि अनुगमन् भएको छ । साथै सोही वडाको सुनाखरी माध्यामिक विद्यालयको मैदानमा माटो पुर्ने कामको पनि अनुगमन् गरिएको छ । त्यहाँ वडाको १ लाख ५० हजार रुपैयाँ बजेट स्टिमेटमा काम सम्पन्न भएको छ ।

मंगलबार वडा नम्वर ५ स्थित मौलिबारीमा मौलिबारी हुँदै राजघाट जोड्ने मुल सडकको ग्राभेलिङ कार्यको समेत उसैगरी अनुगमन् भएको थियो । त्यहाँ वडाको ६ लाख रुपैयाँ बजेट स्टिमेटमा ७ सय ४० मिटर लम्वाई र ५ दशमलव ५० मिटर चौडाईको सडक ग्राभेलिङ भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes