नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुग्यो, ४५ जना संक्रमित निको - Pahilo Online

नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुग्यो, ४५ जना संक्रमित निको

writer

काठमाडौं । नेपालमा बुधबार थप २५ जनामा कोरोना भाइरसको संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार थपिएका २५ जना नयाँ कोरोना संक्रमितमा १८ जना पुरुष र ७ जना महिला छन् ।

बाँकेको नरैनापुरमा ५ र खजुरा गाउँपालिकामा १ जनामा संक्रमण देखिएको छ । यस्तै नवपरासीमा १, कपिलवस्तुमा १३ र धनकुटामा ५ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

यसैगरी बुधबार ८ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । कोशी अस्पतालमा उपचाररत उदयपुरका ८ जना पुरुष डिस्चार्ज भएका हुन् । २९ देखि ३३ औं दिनसम्म उपचररत उनीहरु निको भएका हुन् । अहिलेसम्म नेपालमा ४५ जना संक्रमित निको भएर घर फर्किएको प्रवक्ता देवकोटाले बताए ।

बुधबारसम्म पीसीआर विधिबाट ३५ हजार ४ सय ९४ वटा नमूना परीक्षण गरिएको र आरडिटी विधिबाट ७५ हजार ७२ वटा परीक्षण भएको देवकोटाले जानकारी दिए । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ४ सय ८८ र आरडिटी विधिबाट ३ हजार ६ सय १० वटा परीक्षण गरिएको हो ।

यसैगरी डा. देवकोटाले रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको समाचार सत्य नभएको बताए । संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको जानकारी दिँदै उनले संवेदनशील घडीमा समाचार प्रकाशन र प्रशारण गर्दा आधिकारिक सूचनालाई आधार मान्न आग्रह गरे ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes