बुबाको हत्या आरोपमा छोरी पक्राउ - Pahilo Online

बुबाको हत्या आरोपमा छोरी पक्राउ

writer

ईलाम । देउमाई ६ शान्तीडाँडा बस्ने २५ बर्षीया शुष्मा राई आफ्नै बुबाको हत्या आरोपमा पक्राउ परेकी छिन । हिजो बेलुका ०८ बजे खाना खाएर घरमा बुबासंग गफ गरेर बसिरहेको अवस्थामा एक्कासी घरायसी बिषयमा बादबिवाद हुनथालेपछी राती ११ बजे शुष्माले बुबा ५१ बर्षीय फुल बहादुर राईलाई बन्चरोले टाउँकोमा प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

फुलबहादुर आफ्नै घर भित्र मृत अवस्थामा फेला परेको भनि आफन्तले आज बिहान ०६ बजे ईलाका प्रहरी कार्यालय मंगलवारेमा खबर गरेका थिए । घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय ईलामबाट समेत घटना स्थलमा खटिएको प्रहरी टोलीले मृतक राईको हत्या भएको पुष्ठी गरे संगै हत्यामा संलग्न शुष्मा राईलाई जंगलमा लुकिछिपि बसेको अवस्थामा घटनामा प्रयोग भएको बन्चरो सहित पक्राउ गरेको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles