मोरङ । प्रदेश १ मा सोमबार थप चार जनामा कोभिड—१९ पुष्टि भएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङको रतुवामाई नगरपालिकाका २४ वर्षीय पुरुष, झापाको कचनकवल गाउँपालिकाका २३ वर्षीय पुरुष, सुनसरीको गढी गाउपालिकाका पुरुष र खोटाङ हलेसीका पुरुषमा गरि जम्मा ४ पुरुषमा पनि कोभिड—१९ पुष्टि भएको हो ।
यो संगै प्रदेश १ मा कोभिड—१९ पुष्टि हुनेहरुको जम्मा संख्या ४३ पुगेको छ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट सोमबार थप एकजना निको भएर कोरोना मुक्त हुनेको संख्या १८ पुगेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ ।अन्य संक्रमितको उपचार भइरहेको छ । उपचाररत सवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।