प्रेमीसँगको अवैध यौनसम्बन्ध लुकाउन श्रीमानको हत्या - Pahilo Online

प्रेमीसँगको अवैध यौनसम्बन्ध लुकाउन श्रीमानको हत्या

writer


सुरेश कार्कि । मोरङ । आफ्नै घरको ओछ्यानमा मृत फेला परेका विराटनगरका औषधि व्यवसायी देवीप्रसाद दुलालको आफ्नै श्रीमतीको संलग्नतामा हत्या भएको प्रहरीले बताएको छ। सुनसरीको इटहरी उपमहानगरपालिकाको खनार घर भई विराटनगर महानगरपालिका १० मधुमारामा बस्दै आएका ३३ वर्षीय देवीप्रसाद दुलाल आफ्नै ओछ्यानमा मृत फेला परेका थिए।

शनिबार राति पत्नी मीना श्रेष्ठले प्रेमीसँग मिलेर देवीप्रसादको हत्या गरेपछि विहान उनकै साथीहरूको सहयोगमा कोशी अस्पताल लगेको र लगतै अस्पतालले दुलाल लाई मृत घोषणा गरेकोथियो। अनुसन्धानका क्रममा श्रीमतीले नै प्रेमीको सहयोगमा हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले जानकारी दिए । प्रहरीका अनुसार प्रेमीसँगको अवैध यौनसम्बन्ध लुकाउन मीनाले सिराहाको लहान घर भई विराटनगर बस्दै आएका ब्रह्मदेव शाहसँग मिलेर पतिको हत्या गरेकी हुन्।

श्रेष्ठ र शाहबीच करिब ज्ञ वर्ष देखि अवैध सम्बन्ध रहेको प्रहरीले जनाएको छ। दुईबीचको सम्बन्ध देवीप्रसादले थाहा पाएपछि श्रेष्ठ र साहले शनिबार राति रक्सीले मातेको अवस्थामा कुटपिट गरी घाँटीमा डोरीले बाँधेर हत्या गरेका प्रहरीको भनाइ छ। शाहले खुटा र सरिर थिचेपछि मिनाले डोरिले गाटि थिचेर हत्या गरेको खुलेको हो ।

देवीप्रसादले विराटनगरमै देवी माँ पाथीभरा फर्मा सञ्चालन गर्दै आएका थिए। शनिबार साँझ उनले विराटनगरको अस्पताल चोकको गोल्डेन अस्पतालमा एपोलो मेडिकल सञ्चालन गर्ने धनराज काफ्ले र ट्राफिक चोकमा सौगात मेडिकोका सञ्चालक हरिमोहन श्रेष्ठ सहित घरमै मदिरा सेबन गरेका थिए।

काफ्ले र श्रेष्ठ राति ९ बजे नै दुलालको घरबाट बाहिरिएका थिए। श्रीमती र छोरासँगै एउटै कोठाको अलग ओछ्यानमा सुतेका देवीप्रसाद लनई राति ११ वजे साह लाई बोलायर हत्या गरिएको अनुसन्धानका क्रममा खुलेको हो ।हत्यामा प्रयोग भयको डोरि लगायतका सनमग्रि न्युरो अस्पताल छेउ बाट प्रहरिले बरामद गरेको छ

उनकी श्रीमतीले आइतबार बिहान ३ बजे श्रीमानका औषधि व्यवसायी साथीहरू धनराज काफ्ले, हरिमोहन श्रेष्ठ र प्रहरीलाई फोन गरेर पति मृत अवस्थामा फेला परेको जानकारी गराएकी थिइन्।

प्रहरीका अनुसार रगताम्मे अवस्थामा ओछ्यानमै फेला परेका उनलाई बेहोस अवस्थामै आइतबार बिहान ३ बजे अस्पताल चोकमा रहेको गोल्डेन अस्पतालमा लगिएको थियो । तर, उपचार सुरु गर्नुअघि नै चिकित्सकले दुलाललाई मृत घोषणा गरेका थिए।

मृतक दुलालको घाँटी, निधार र शरीरमा गहिरो चोट भएकोले प्रहरीले उनको हत्या भएको आशंकाले श्रीमती मीनालाई पनि आइतबारै नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धानका क्रममा उनले सिराहाको लहान घर भएका ब्रह्मदेव शाहसँग आफ्नो यौनसम्बन्ध रहेको र त्यसैको विषयमा झगडा हुँदा शाहसँग मिलेर आफूले श्रीमानको हत्या गरेको बयान दिएकी प्रहरीले जनाएको छ। उनले पतिको हत्या स्वीकार गरेको प्रहरीको भनाइ छ।

प्रहरीले मीनाका प्रेमी ब्रह्मदेव साहलाई पनि पक्राउ गरिसकेको छ। उनीहरू दुवैलाई सोमबार दिउँसो अदालतमा म्याद थप गरेर पछि सार्वजनिक गर्ने प्रहरीले तयारी गरेको छ। दुलाल र श्रेष्ठको ज्ञण् वर्ष अघि प्रेमविवाह भएको हो। उनीहरूका आठ वर्षीय एक छोरा छन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes