लिम्पियाधुरा, लिपुलेकसमेटिएको नक्शा पारित - Pahilo Online

लिम्पियाधुरा, लिपुलेकसमेटिएको नक्शा पारित

writer

काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेकसहितको भारतबाट अतिक्रमित नेपाली भूभाग समेटिएको नयाँ नक्शा पारित गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लिम्पियाधुरा, लिपुलेकसहितको नक्शा पारित गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिएका हुन् । बैठकमा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले नयाँ नक्शा पेश गरेकी थिइन् ।

नयाँ नक्शामा भारतले वार्षैदेखि अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको जनाइएको छ । नयाँ नक्शामा नेपालको संघीयताअनुसार प्रदेश र स्थानीय तह पनि समेटिएको जानकारी दिँदै डा. खतिवडाले भने, ‘यो नक्शा बमोजिम नै हाम्रा निशान छापहरु र सरकारी कामकाजमा प्रयोग गरिने नक्शा, पाठ्यपुस्तक र सार्वजनिक प्रयोगमा ल्याइने नक्शा अध्यावधिक हुनेछ ।’

भारतले नेपालको लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जान सडक बनाएपछि भारतबाट अतिक्रमित भूभागसहितको नयाँ नक्शा प्रकाशित गर्न सरकारमाथि तीब्र दबाब परेको थियो । भारतीय कदमको नेपालमा सबै पक्षबाट तीब्र आलोचना भइरहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes