एक्सेल डेभलपमेन्ट बैंकद्वारा विपन्न परिवारलाई राहत सहयोग - Pahilo Online

एक्सेल डेभलपमेन्ट बैंकद्वारा विपन्न परिवारलाई राहत सहयोग

writer

सन्तोष राई । पथरीशनिश्चरे । पथरीशनिश्चरे वडा नं ४ मा रहेको एक्सेल डेभलपमेन्ट बैंक पथरीशनिश्चरे शाखाले १० विपन्न परिवारलाई राहत सहयोग गरेको छ । सोमबार बैंकको कार्यलय भएको भवनमा पथरीशनिश्चरे वडा नं ४ सँगको समन्वयमा सरकारले घाषणा गरेको बन्दाबन्दीको कारण समस्यामा परेका परिवारलाई केहि सहयोग पुगोस् भन्ने उद्देश्यले राहत प्रदान गरीएको व्यवस्थापक युवाराज भट्टराईले जानकारी दिए।

वडाले सिफारीस गरेको प्रत्येक परीवारका लागि २० के.जी चामल, ५ के.जी पिठो, २ के.जी नुन, २ के.जी दाल, २ के.जी चिउरा, २ लिटर तेल, १ के.जी भुजा, हर्दी र मसला लगायतका सामग्री गरी २ हजार २ सय बराबरको राहत प्याकेज वितरण गरीएको हो । १० परिवारको लागि २२ हजार बराबरको सामग्री प्रदान गरीएको व्यवस्थापक भट्टराईले जानकारी दिए । राहत लागि आर्थिक व्यवस्थापन बैंक र बैंकमा कार्यरत कर्मचारीको तलब कटौटी गरी व्यवस्था गरीएको हो।

                    वडा नं ४ का जनप्रतिनिधि, कर्मचारी र बैंकका कर्मचारी

विर्तामोडमा मुख्यकार्यालय रहेको यस बैंकले आफ्नो ३८ वटा शाखाबाट यहि प्याकेजमा सेवा क्षेत्रमा रहेका विपन्न ४०० परिवारलाई राहत वितरण गरिसकेको छ। बैंकले १ नं प्रदेश सरकारको कोरोना न्यूनिकरण कोषमा ५ लाख सहयोग पनि गरेको छ।

राहत वितरण कार्यक्रममा वडा न. ४ का वडाअध्यक्ष लगायत जनप्रतिनिधि, कर्मचारी, बैंकका कर्मचारी र ‘प्रहरीको साथी म’ स्वयम् सेकहरुले सहजीकरण गरेका थिए । अन्त्यमा वडाअध्यक्ष गोविन्द बहादुर भण्डारीले बैंक, बैंकका कर्मचारी र सहजीकरणमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes