डम्बर सिन्चिउरी
जाँते ४ जेष्ठ- दशकौं देखि हिउँदे सिंचाईको अभाव मा हिँउदे नगदे बाली लगाउन बाट बञ्चित लेटाङ्ग ९ जाँते का कृषकहरु हिजो शिल्यान्यास गरिएको भुमिगत सिंचाई को योजना सँगै हर्षित भएका छन् ।
हिउँदे सब्जी एवं नगदे बाली को सुक्षित एवं प्रचुर संम्भावना बोके को यस क्षेत्रमा सिंचाईको अभावमा कृषक को श्रम र जग्गा दुवै खेर गईरहेको अवस्थामा अब भने दुवै को सहि सदुपयोग हुने देखेर आफुहरु अति हर्षित भएको स्थानिय कृषक एवं शिक्षक राज भक्तशेर लिम्बुले बताएका छन् ।
लेटाङ्ग ९ जाँते को पुर्वी उत्तर कुना निरौलाटोल मा मोरङ्ग क्षेत्र नम्बर एक प्रदेश ” ख” का सभासद माननिय उपेन्द्र प्रसाद घिमिरे ले एक आैपचारिक कार्यक्रम का विच सो योजना को शिल्यान्य गर्नुभएको हो । शिल्यान्यास कार्यक्रम कोरोना कहर को मूल्य र मान्यता मा आधारित भएर गरिएको थियो ।
उक्त योजना स्थानिय सरकार र स्थानिय युवाहरुको सक्रियतामा गत अार्थिक वर्षमा सिंचाई विकास डिभिजन कार्यलय विराटनगर मा पेश गरिएको योजना माग अनुसार साथै गत २०७६ माघ १० गते दुवै संस्था विच सम्पन्न भएको सम्झौता बमोजिम संचालन हुन लागेको हो ।
यस योजना बाट स्थानिय कृषकहरु को ६० विगाहा जमिनमा सिंचाइ सुविधा पुग्ने जल उपभोक्ता समिति का सचिव नवराज ढकाल ले जनाएका छन् ।
जल उपभोकेता समिति र भुमिगत जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यलय विराटनगर को संयुक्त लगानीमा सञ्चालन हुने यस सिंचाई योजना को कुल लागत १९ लाख ९८ हजार ९ सय २९ रहेको समितिका अध्यक्ष नन्दिकेशर निरौला ले जनाएका छन् । यस मध्ये ३ प्रतिशत लागत बराबर को ४९ हजार ६ सय २३ रुपैंया जल उपभोक्ता समितिले नगद र जनश्रमदान बाट बेहोर्नु पर्ने जनाईएको छ । झण्डै २० लाख बराबर को लागतमा शुरु गरिएको यस योजना ले पुर्णता पाउन्जेल सम्म भने ७५ लाख सम्मको खर्च हुने अनुमान गरिएको जनाईएको छ ।
यस को प्वाल ८/६ मिटर व्यास भएको हुने छ भने १ सय मिटर गहिराई हुने समझौता मा उल्लेख गरिएको छ । सम्झौता अनुसार दुई बर्षमा पूरा गरिने योजना को पहिलो वर्षमा डिप ट्युवेल तथा पम्पटेष्ट को कार्य हुने छ । यसैगरी दोश्रो वर्षमा विधुतिकरण , पम्मजडान तथा पम्पघर निर्माण र पानी वितरण प्रणालीको निर्माण गरिने उप भोक्ता समिती सदस्य खेमराज ढकाले वताएका छन्।
सिंचाई पम्म जडान भए पश्चात् सब्जि खेती को प्रचुर सम्भावना रहेको उक्त क्षेत्रका किसानहरु को आर्थीक अवस्थामा कायापलट हुने मा आफू ढुक्क रहनु का साथै सिंचाई गर्न बाँकी अन्य क्षेत्रमा समेत यस्ता प्रविधि जडान गर्ने योजना भित्र्याउन आफू लागि पर्नेमा स्थानिय सभासद समेत रहनुभएका माननीय उपेन्द्र घिमिरेले प्रतिवद्धता व्यक्त गरेका छन् ।
दाहा संस्कार घाट को लागि पानी ट्याङ्की निर्माण को शिल्यान्यास्
मोरङ्ग को लेटाङ्ग९ जाँते स्थित चोर गौंडा दक्षिण स्थानिय तेलीखोला धार बगर मा निर्माण हुन लागेको स्वर्गद्वारी दाहा संस्कार स्थल को लागि आवस्यक पानी संचालन खातिर निर्माण गर्न लागिएको पानी ट्याङ्की को आज शिल्यान्यास् गरिएको छ ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत निर्माण गर्न लागिएको उक्त पानी ट्याङ्कि को अाज एक समारोहको विच मोरङ्ग क्षेत्र नम्बर एक ख का प्रदेश सभासद माननीय उपेन्द्र घिमिरेले पन्चशिला पुजा गरी शिल्यान्यास् गर्नु भएको छ ।
लेटाङ्ग नगर भित्र मध्ये सबै भन्दा बढि संख्यामा बेरोजगार भएको कारणले नै यस वडा लाई स्वरोजगार कोषको रकम प्राप्त भए को वडाध्यक्ष कृष्ण लुईटेल ले वताए । गत वर्ष संघिय सरकारमा घाट निर्माणार्थ २९ लाख माग गरी पठाएको भए पनि हाल १६ लाख मात्र प्राप्त हुने भएको छ । त्यो पनि स्वरोजगार कोष को नाम मा । यस अन्तर्गत काम गर्न चाहाने कामदार ले यस भन्दा अघि रोजगार का लागि अावेदन दिने ले मात्र रोजगारी प्राप्त गर्ने वडाध्यक्ष लुईटेलले जनाएका छन् । यस योजनामा रोजगार प्राप्त गर्नेले चलन चल्ति रोजी भन्दा सरकारी नियमावली वमोजिमको न्युनतम ज्याला मात्र प्राप्त गर्ने समेत सो अवसरमा जनाईए को छ ।
यसरी नगर भित्रै घाट निर्माणार्थ परेको पहिलो योजना भएकोले पनि यस का लागि अब कसरी अगाडि बड्ने भन्ने दोधार रहेको निर्माण समितिका अध्यक्ष ओमप्रकाश दाहाल ले बताए । तथापी माननीय सभासद देखि नगर उपप्रमुख समेत स्थानिय नै भएकाले योजना सफल हुनेमा आफू पुर्ण आशावादी रहेको अध्यक्ष दाहालको भनाई रहेको छ ।
यस बाट विगत लामो समय देखि स्थानिय आर्य समाज लगाएत अग्नि दहन संस्कार भएका जातीहरुले भोग्दै अाएको समस्या अब चाँडै अन्त्य हुनेमा सभामा उपस्थित सबैले अाशा व्यक्त गरेका थिए । विगतमा यहाँ का ( हाल लेटाङ्ग ९ का ) वासिन्दाले पुर्वी भेग बाट शव दहन गर्न हाल को मिकलाजुङ्ग ५ ( तत्कालिन जाँते ३/४ को) सोल्टी खोला लैजाने गर्दथे । यसै गरी पश्चिम पट्टि बाट एक देखि दुई घण्टा लगाएर स्थानिय डाँस खोलाको घापखुडि या त लेटाङ्ग बजार पारी चिसाङ्ग खोला सम्म पुर्याउने गर्दथे । यस बाट मलामी जन या आफन्त हरुले ठुलै शास्ती भोग्नु पर्दथ्यो ।
अब पानी ट्याङ्की सहित को दाहासंस्कार घाट निर्माण हुने भए पछि भने ती सारा समस्या दुर हुने साथै यस का लागि स्थानिय नेतृत्व पङ्गति पुर्णरुपमा लागि पर्ने पनि सो समारोहमा वक्ताहरुले वताए । समारोहमा माननीय उपेन्द्र घिमिरे , नगरउपप्रमुख कृष्ण कुमारी निरौला र वडाध्यक्ष कृष्ण लुईटेल ले घाट निर्माणार्थ आआफ्नो प्रतिवद्धता मन्ततव्य राखेका थिए ।