पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे १ स्थित आरती सहकारी संस्थामार्फत नगरको कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको राहत कोषमा ३४ हजार ६ सय रुपैयाँ सहयोग प्रदान भएको छ ।
संस्थाकातर्फबाट अध्यक्ष यादवचन्द्र दुलाल सहितले नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिका संयोजक एवम् नगर प्रमुख दिलीपकुमार राई, राहत संकलन उपसमिति संयोजक अर्जुनकुमार बुढाथोकी सहितलाई आज चेक हस्तान्तरण गरिएको हो । आरती सहकारीको २१ हजार १ सय तथा त्यहाँ कार्यरत कर्मचारीको २ दिनको तलब समेत गरी ३४ हजार ६ सय रुपैयाँ राहत कोषमा जम्मा गरिएको संस्थाले जनाएको छ ।