दमक र कमल गाँउपालिकाका कर्मचारीले प्रोत्साहन भत्ता कोरोना भाइरस नियन्त्रणका लागि खर्च गर्ने - Pahilo Online

दमक र कमल गाँउपालिकाका कर्मचारीले प्रोत्साहन भत्ता कोरोना भाइरस नियन्त्रणका लागि खर्च गर्ने

writer

कोरोना भाइरस(कोभिड– १९)को रोकथाम तथा नियन्त्रण कार्यका लागि दिने भएका छन् । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस(कोभिड– १९)को रोकथाम तथा नियन्त्रण कार्यका लागि खर्च गर्नुपर्ने भएकाले गत वैशाखदेखि संक्रमण नियन्त्रण नभएसम्म भत्ता नलिने भएको नगर प्रमुख रोमनाथ ओलीले वताए ।

उनका अनुसार नगरपालिकाका विभिन्न शाखा प्रमुख,वडासचिवहरुको संयुक्त बैठकले त्यस्तो निर्णय गरिएको हो । नगरपालिकाले यस विपदका परिस्थितिमा सो प्रोत्साहन भत्तालाई समेत कोरोना भाइरसको संक्रमण रोकथामका लागि खर्च गरिने निर्णय भएको उनले वताए । नगरपालिकामा १५० बढी कर्मचारी कार्यरत छन् । ती कर्मचारीका लागि प्रोत्साहन भत्ता स्वरुप नगरपालिकाले बार्षिक रु ६० लाख बढी वजेट विनीयोजन गरिआएको प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद तिम्सीनाले वताएका छन् ।

दमकसंगै जोडिएको कमल गाउँपालिकाका कर्मचारीहरुले पनि गाँउपालिकाले उपलब्ध गराउदै आएको प्रोत्साहन भत्ता नलिने भएकाछन् ।गाउँपालिकाको विहिवार बसेको कार्यपालिको वैठकले स्वस्थ्य र सरसफाई वाहेकका कर्मचारीले लिदै आएको प्रोत्साहन भत्ता बन्दाबन्दी अवधिभर नलिने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए।

गाउँपालिकाले कर्मचारीलाई उपलब्ध गराउदै आएको प्रोत्साहन भत्ता गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा जम्मागर्ने र सोहि कोषबाट यो बिषम परिस्थितिमा कोरोना भाइरसको संक्रमण रोकथामका लागि खर्च गरिने कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताईन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes