नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २६७ पुग्यो - Pahilo Online

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २६७ पुग्यो

writer

काठमाण्डौ । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय ६७ पुगेको छ । पछिल्लो पटक थप नौ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षण अनुसार नौ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित हुनेहरुमा पर्साको वीरगञ्जका नौ र १० वर्षीय बालक, २३ वर्षीय युवती र ४७ वर्षीया महिला रहेका छन् । उदयपुर त्रियुगा नगरपालिकाका २५ वर्षीय युवक, दाङको गढवा–४ का पाँच वर्षीय बालक र तुलसीपुर–७ का २३, ३६, र ३४ वर्षीय पुरुष तथा काठमाण्डौको सात वर्षीय बालकमा कोरोना पुष्टि भएको हो । सङ्क्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । सङ्क्रिमतमध्ये अहिलेसम्म ३६ जना उपचारपछि निको भएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes