प्रदेशमा परिक्षणको दायरा बढाएर पहिलो चरणमा१० हजार बढीको परीक्षण गर्ने - Pahilo Online

प्रदेशमा परिक्षणको दायरा बढाएर पहिलो चरणमा१० हजार बढीको परीक्षण गर्ने

writer


विराटनगर । कोरोना भाइरसबाट निकै प्रभावित प्रदेश १ मा ३५ जना कोरोना संक्रमित भेटिएको पछि परीक्षणको दायरा बढाइने भएको छ । प्रदेश सरकारले परीक्षणको दायरा बढाउने निर्णय गरेको हो । परिक्षणको दायरा बढाएर पहिलो चरणमा १४ वटै जिल्लामा १० हजार बढीको परीक्षण गर्ने मन्त्रालयको तयारी छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल विराटनगर, जनस्वास्थ्य प्रयोगशालाका प्रतिनिधिबीच भएको छलफलमा सामाजिक विकास मन्त्री जीवन घिमिरे पहिलो चरणमा १० दिन भित्रमा १० हजार व्यक्तिको परीक्षण गर्न आवश्यक रहेको बताए । छिमेकी मुलुक भारतले रेलसेवा सञ्चालन गरेलगत्तै भारतमा रहेका नेपाली प्रदेश १ मा प्रवेश गर्ने बताउँदै उनले तत्काल परीक्षणको दायरा बढाउनु पर्ने बताए ।

‘तिर्थयात्रामा गएकाहरु र श्रममा गएकाहरु रेल सञ्चालनमा आए लगत्तै प्रवेश गर्छन ।’ घिमिरेले भने ‘ हामीलाई परीक्षण संख्या बढाउनु पर्ने दवाव छ ।’ कोरोना भाईरसका शंकास्पदको अहिलेसम्म हटस्पट र कन्ट्याक्ट ट्रेसिङका माध्यमबाट परीक्षण हुँदै आएकोमा अव पुलिङ विधिपनि अपनाउनुपर्ने देखिएको मन्त्री घिमिरेले बताए ।

प्रोटोकल तयार गर्न विज्ञ टोली गठन

हटस्पट र कन्ट्याक्ट ट्रेसिङ र पुलिङ विधिबाट परीक्षणका लागि प्रोटोकल तयार गर्न मन्त्रालयले ७ सदस्यीय विज्ञ टिम गठन गरेको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत प्रा.डा.वसुधा खनालको संयोजकत्वमा ७ सदस्यीय विज्ञ समिति गठन गरेको हो ।

समिति सदस्यमा डा.सुरेश मेहता, जयवेन्द्र यादव, डा.कमाना शर्मा, डा.सन्तोष काफ्ले, केशव राई र सदस्य सचिवमा डा. नारायण भट्टराई छन । समितिलाई तीन दिन भित्रमा प्रोटोकल तयार गर्ने जिम्मेवारी दिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes