नेपालमा थप ९ जनामा कोरोना सङ्क्रमण संगै सङ्क्रमितको संख्या २ सय ५८ - Pahilo Online

नेपालमा थप ९ जनामा कोरोना सङ्क्रमण संगै सङ्क्रमितको संख्या २ सय ५८

कोशी अस्पतालमा उपचाररत एक जना शुक्रबार डिस्चार्ज

writer

राष्ट्रिय प्रयोगशाला टेकु र भेरी अस्पताल नेपालगन्जमा भएको परीक्षणमा ९ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय प्रयोगशाला टेकु र भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा बाँके नैनापुर वडा नम्बर १, ३ र ५ का २५ वर्षका दुई जना तथा १८, २०, २२, २७ , ३२ र ३६ वर्षका पुरुष र मकवानपुरका ३७ वर्षका पुरुष गरी थप नौ जनामा कोरोना पुष्टि भएको हो । उनीहरुको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका पनि उनले बताए । योसँगै नेपालमा सङ्क्रमितको संख्या २ सय ५८ पुगेको छ ।

कोशी अस्पतालमा उपचाररत एक जना शुक्रबार डिस्चार्ज   

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत एक जना शुक्रबार डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा भारतका २५ वर्षीय मोहम्मद अदुबकर सुल्तान रहेका छन् । सुल्तान डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या १७ पुगेको छ । यसअघि १६ जना डिस्चार्ज भएका थिए ।

शुक्रबार डिस्चार्ज भएका सुल्तानमा गएको वैशाख ५ गते उदयपुरको भुल्केमा सङ्क्रमण देखिएको थियो । उनलाई रानी मरकजको क्वरेन्टीनमा राखिएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख तथा कोभिड अस्पताल व्यवस्थापन संयोजक ज्ञानबहादुर बस्नेतले जानकारी दिए।

अस्पतालमा अब १८ जना उपचाररत रहेका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । उदयपुरमा ३२, झापामा २ र भोजपुरमा १ जना गरी प्रदेश १ मा जम्मा ३५ जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes