लिपुलेक अतिक्रमण भएकोमा आदिवासी पत्रकार महासंघ १ नम्बर प्रदेशको आपत्ति - Pahilo Online

लिपुलेक अतिक्रमण भएकोमा आदिवासी पत्रकार महासंघ १ नम्बर प्रदेशको आपत्ति

writer

मोरङ । भारतले लिपुलेकहुँदै एकलौटी बाटो निर्माण गरी उद्घाटन गरेपछि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समितीले गम्भिर आपत्ति जनाएको छ । फोनिज १ नम्बर प्रदेश समितीका अध्यक्ष अर्जुन जम्नेली राईको सभापतित्वमा बसेको बैठकले भारतले हेपाहा प्रवृती दोर्होयाउदै एकलौटी रुपमा निर्माण गरेको बाटो उद्घाटन गरेको प्रति विरोध जनाउदै प्रभावकारी रुपमा कुटनीतिक पहल थाल्न नेपाल सरकारलाई आग्रह गरेको छ । सीमा सुरक्षा र राष्ट्रियता सम्बन्धि निरन्तर जनचेतना फैलाउनु पर्ने बैठकले प्रस्ताव पारित भएको छ ।

कोरोना नियन्त्रणको लागि भएको लकडाउनको कारण श्रमजीबि पत्रकारलाई निस्कासन तथा तलब नकटाउन मिडिया हाउसहरुलाई आग्रह गरेको छ । समाचार लेखेर परिवार पाल्दै आएका स्टिन्जर (न्युज बेस) पत्रकारहरुका लागि प्रदेश र स्थानीय सरकारले विशेष कार्यक्रम बनाएर रोजगारीको ब्यबस्थापन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

पत्रिका लगायतलाई दिइदै आएको लोककल्याणकारी बिज्ञापनको रकम तत्काल निकाशा गर्न र लकडाउनको समयको बिज्ञापन बापतको पैसा नरोक्न सम्बन्धित निकायलाई आग्रह गर्ने निर्णय भएको फोनिज प्रदेश समितिका अध्यक्ष अर्जुन जम्नेली राईले बताए । फोनिज प्रदेश समितिले यस अघिदेखि नै अनलाइन मिडियाहरुलाई वर्गीकरण गरि लोककल्याणकारी बिज्ञापन उपलब्ध गराइनु पर्ने माग गर्दै आएको छ । पत्रकार हरुलाई परिचय पत्रको आधारमा हिड्न दिनुको साथै सुरक्षा सामाग्री व्यवस्थापन गर्न फोनिज प्रदेश १ समितिले आग्रह गरेको छ ।

बैठकमा संघीय शिक्षा कार्यालय र पाठ्यक्रम बिकास केन्द्रले संस्कृत भाषालाई अनिवार्य बिषय बनाउने प्रचार भइरहेको बारे समेत छलफल चलेको महासचिव बिदुर खवासले बताए । राज्यले सबै भाषालाई समान व्यवहार गर्नुपर्ने भएकोले संस्कृत बिषयलाई अन्य झै स्वेच्छिक बनाइनु पर्ने प्रस्ताव पारित भएको छ । फोनिज प्रदेश १ समितिले विपद र सामाजिक कार्यहरुमा प्रदेश सरकारलाई सहयोग गर्न चाहेपनी मन्त्री तथा सल्लाहकार हरुले बेवास्ता गर्दै आएको बिषयमा पनि बैठकमा गम्भीर छलफल भएको उपाध्यक्ष फिपराज बेघा लिम्बूले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes