सीमामा अलपत्र नेपालीलाई राख्न झापामा धमाधम क्वारेन्टाइन बनाइदै - Pahilo Online

सीमामा अलपत्र नेपालीलाई राख्न झापामा धमाधम क्वारेन्टाइन बनाइदै

writer

भद्रपुर । पूर्वी नेपालको काँकडभिट्टा र भद्रपुर सीमापारि अलपत्र परेका नेपालीलाई स्वदेश फर्काएर राख्न झापामा थप क्वारेन्टाइन निर्माण भइरहेको छ । जिल्लास्तरीय कोरोना भाइरस नियन्त्रण तथा रोकथाम समितिले भद्रपुर ८ स्थित मेची बहूमुखी क्याम्पसको विज्ञान तथा प्रविधि अध्ययन संस्थाको भवनमा क्वारेन्टाइन निर्माण गरिरहेको छ। उक्त क्वारेन्टाइनमा भारतबाट स्वदेश फर्किने नेपाली नागरिकलाई मात्र राखिने जनाइएको छ।

झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईका अनुसार सीमापारि आठ सय बढी नेपाली नागरिक स्वदेश फर्किने प्रतीक्षामा छन्। ’पूर्वी नेपालसँग जोडिएको भारतमा ८ सय जनाले झापा प्रशासनलाई नामावली टिपाइसकेका छन्, अन्य धेरैले पनि सम्पर्क गरिरहेका छन्,’ सप्रजिअ राईले भने, ‘उनीहरूलाई स्वदेश फर्काएलगतै क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ। अहिले त्यसैको तयारीका लागि मेची क्याम्पसमा क्वारेन्टाइन बनाउने काम धमाधम भइरहेको छ।’

क्याम्पसमा अपुग भए त्यसको विकल्पका लागि अन्य उपयुक्त स्थानको पनि खोजी भइरहेको उनले बताए। ‘जिल्लाका १५ वटा स्थानीय तहमा ३३ वटा क्वारेन्टाइन निर्माण गरिएको छ। त्यहाँ ८ सय १३ जनालाई राख्न सकिन्छ,’ उनले भने।’ क्याम्पस भवनमा क्वारेन्टाइनका लागि सम्पूर्ण पूर्वाधार तयार गर्ने जिम्मा नेपाली सेनाको श्रीनाथ गणलाई जिम्मा दिइएको छ। त्यहाँ सेनाका ३२ जनाको जनशक्तिले सुरक्षादेखि व्यवस्थापन सम्मको तयारी गर्ने बताइएको छ।

श्रीनाथ गणका मेजर जुद्ध निरौलाका अनुसार जिल्ला समन्वय समिति झापाको पहलमा दुई सय बेडको क्वारेन्टाइन निर्माणको काम भइरहेको छ। एक सय बेड तयार भइसकेको र अबको दुई दिनमा एक सय बेड तयार भइसक्ने उनले बताए। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले सीमा सिलसँगै लकडाउन लगाएपछि अध्ययन तथा रोजगारीमा भारतमा गएका नेपालीहरू सीमा क्षेत्रहरूमा दुःखले दिन कटाइरहेका छन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes