नेपालमा सङ्क्रमितको सङ्ख्या दुई सय १९, संक्रमित ३५ जना निको - Pahilo Online

नेपालमा सङ्क्रमितको सङ्ख्या दुई सय १९, संक्रमित ३५ जना निको

writer

काठमाण्डौ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ३५ पुगेको छ । बुधबार रुपन्देहीका एक युवक र चितवनमा ६३ वर्षीया एक महिला निको भएर डिस्चार्ज भएका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय १९ रहेको छ । देशभरि दुई सय ४५ जना आइसोलेशनमा रहेका छन् भने तीन सय ५४ जना ’रेड जोन’मा छन् । १४ हजार तीन सय १३ जना क्वरेण्टीनमा रहेका छन् ।

सरकारले परीक्षणको दायरा पनि बढाएको जनाएको छ । अहिलेसम्म २१ हजार तीन सय ४० जनामा पीसीआर विधिमार्फत परीक्षण गरिएको र ६० हजारभन्दा धेरैको आरडीटीमार्फत परीक्षण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए।

उनका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार तीन सय ५७ को पीसीआर र ६ सय ९२ जनाको आरडीटीमार्फत परीक्षण गरिएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes