सुनसरी । सुनसरीको कोशी गाउँपालिका १ यादव टोलबाट लागूऔषध सहित १ भारतिय नागरीक पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लौकहीबाट मंगलवार राती साँढे ११ बजे खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेका भारतको अररिया बेलग्राम पंचायत ७ का २७ बर्षीय शंकर यादवलाई पक्राउ गरेको हो । पक्राउ परेका यादवको साथबाट स्पास्मोप्रोक्सिवन ५ सय २७ ट्याव्लेट, डाईलक्स डि.सी. १०० एमएल को २८ बोतल र गाँजा ३० ग्राम बरामद गरेको छ । पक्राउ परेका यादवको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त प्रहरीकार्यालयले जनाएको छ ।