सीमा अतिक्रमण विरोधमा उत्रिएका विद्यार्थी पक्राउ - Pahilo Online

सीमा अतिक्रमण विरोधमा उत्रिएका विद्यार्थी पक्राउ

writer

धरान । भारतले नेपाली भूमि मिचेर सडक बनाएको विरोधमा धरानमा प्रदर्शनमा उत्रिएका नेविसंघ समर्थित विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। धरानको महेन्द्र बुहमुखी क्याम्पसबाट नेविसंघको जुलुस निस्किएको थियो। प्रहरीले क्याम्पसबाटै निस्किन नदिने तयारी गरे पनि विद्यार्थीहरू नारा जुलुस गर्दै भानुचोकसम्म आएका थिए। भानुचोक आएपछि भने विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेहरुमा दोर्ची शेर्पा, टकेन्द्र राई, विनोद आलेमगर, विमल बुढाथोकी, अजित लिम्बू, अजय लिम्बू, कृष्ण बडू र उत्तम राईलगायत रहेका छन्।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes