सुनसरी । सुनसरीको ईटहरी उप महानगरपालिका १६ का ३५ बर्षीय बिष्णु चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान ७ बजेको समयमा घर छेउमै रहेको खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लाग्दा निजको घटनास्थलमा नै मृत्यु भएको भनी स्थानीयवासीले जानकारी गराउना साथ ईलाका प्रहरी कार्यालय ईटहरीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृयाका साथै अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।