मोरङ । विराटनगरको कोरोना अस्पतालमा उपचार गराइरहेका थप दुई जना आज डिस्चार्ज भएर घर फर्किएका छन् । कोरोना विशेष अस्पताल (कोभिड–१९) उपचार केन्द्रमा उपचार गराइरहेका भोजपुर र झापाका एक, एक जना निको भएर घर फर्किएका सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो । योसँगै प्रदेश १ मा कोरोना उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १६ पुगेको छ ।
विराटनगर अस्पतालमा उपचार गराइरहेका ३५ जनामध्ये १६ जना उपचारपछि निको भएर फर्किएसँगै अहिले १९ जनाको उपचार भइरहेको छ । प्रदेश १ मा हिजो थप एक जनामा कोरोना पोजेटिभ पुष्टि भएको थियो । उदयपुरको भुल्केमा एक महिलालाई कोरोना पुष्टि भएको हो । योसँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३५ पुगेको हो ।