सिरिजंगा धार्मिक वनमा चुम्लुङ भवन निर्माण सुरु - Pahilo Online

सिरिजंगा धार्मिक वनमा चुम्लुङ भवन निर्माण सुरु

writer

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरेको सिरिजंगा धार्मिक वनमा चुम्लुङ भवन निर्माण सुरु भएको छ । धार्मिक वनमा रहेको जग्गामा बन्ने भवनको शनिबार पथरी शनिश्चरे नगर प्रमुख दिलिप कुमार राई (किशोर)ले सिलान्यास गरेका छन् । आर्थिक वर्ष २०७६र७७ मा प्रदेश सरकारबाट ससर्त अनुदान ४५ लाख र उपभोक्ताबाट ५ लाख ४४ हजार २४६ रुपैया गरेर जम्मा ५० लाख ४४ हजार २ सय ४६ रुपैयाँमा भवन बन्ने भएको हो ।

भवन निर्माण सम्पन्न गर्नका लागि १ करोड १३ लाख लाग्ने प्राविधिक लागत स्टिमेट रहेको छ । सिरजिंगा चुम्लुङ भवन २ वर्ष भित्रमा आधुनिक सुविधा सम्पन्न र मौलिकता झल्कने गरी निर्माण सम्पन्न गरिने किरात याक्थुङ चुम्लुङका नगर सचिव प्रेम बहादुर लिम्बुले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes