लकडाउनमा इटहरी धरान ६ लेन सडकखण्ड निर्माणको कार्य पुन सुरु  - Pahilo Online

लकडाउनमा इटहरी धरान ६ लेन सडकखण्ड निर्माणको कार्य पुन सुरु 

writer

इटहरी । लकडाउनको कारण स्थगित भएको जोगबनी(किमाथाङ्का सडक अन्तर्गत इटहरी–धरान सडकखण्डको निर्माणको काम पुन सुरु भएको छ । इटहरी मुख्य चोक देखि उत्तर धरान सडकखण्ड अन्तर्गतको काम सञ्चालन हुन् थालेको हो ।

लकडाउन भन्दा अगाडि बाटोको सडकको केन्द्रबाट दायाँ बायाँ २५–२५ मिटर चौडा बनाउने गरी सीमा खाली गर्ने निर्देशन जारी गरेको थियो । कान्तिपुर दैनिकमा १५ दिने सूचना जारी गरेर आयोजना कार्यालयले सडक भित्र पर्ने भत्काउन भएको थियो ।

तर लकडाउनको कारण सो सूचना कार्यान्वयन नभए पनि सडक सम्बन्धी अन्य काम भने सुरु भएको हो ।सडकलाई ६ लेन बनाउन विभिन्न खण्डमा निर्माण कार्य भइरहँदा इटहरीको मुख्य चोक क्षेत्रमा केही महिना अगाडी खन्न थालिएको थियो । निमार्ण कार्य ढिलो भएको भन्दै विरोध हुँदै आएकामा ठेकेदारले लकडाउनको समयमा काम सुरु गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes