वडा कार्यालय भवनको शिलान्यास - Pahilo Online

वडा कार्यालय भवनको शिलान्यास

writer

झापा । झापाको कमल गाँउपालिका वडा नम्बर ५ को कार्यालय भवन शिलान्यास गरिएको छ । पाडाजुंगी चौक पूर्व पाथीभरा चौकमा निर्माण हुने वडा कार्यालय भवनको आज एक कार्यक्रमका बीच शिलान्यास गरिएको वडाध्यक्ष डम्बरवहादुर निरौलाले वताएका छन् ।

भवनको प्रदेश सभा सदस्य अर्जुन राईले बैद्धिक विधि अनुसार शिलान्यास गरेका हुन् । उपभोक्ता समितिमार्फत रु २५ लाखको वजेटबाट यसवर्ष भवन निर्माणको काम शुरु गरिने वडाध्यक्ष निरौलाले जानकारी दिए । प्रदेश सभा सदस्य अर्जुन राईको सांसद विकास कोषमार्फत विनीयोजित रु २५ लाखको वजेटबाट भवनको प्रारम्भिक चरणका काम शुरु गरिने उनले वताए ।

शिलान्यास कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य राई, गाँउपालिकाकी अध्यक्ष मेनुका काफ्ले, उपाध्यक्ष बेणु शिवाकोटी लगायतले वोलेका थिए । सो अवसरमा भवन निर्माणका लागि जग्गादान गर्ने सन्तोष कार्कीका परिवारलाई सम्मान समेत गरिएको थियो । दाताले त्यहाँ करिव ३० लाख मूल्य पर्ने १७ धुर जग्गा उपलव्ध गराएका थिए । कार्यक्रममा गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ,कमल गा.पा ७ का वडाध्यक्ष पृथ्वीपति राई, साविक लखनपुर गाविसका पूर्व अध्यक्ष भोजुकमार घिमीरे, सामाजिक अगुवा दिलीप वान्तवा लगायतको उपस्थिति रहेको थियो ।

भवन बनाउन बलराम गजुरेलको अध्यक्षतामा उपभोक्ता समिति गठन गर्नुका साथै जग्गादाता सन्तोष कार्कीको संयोजकत्वमा पाँच सदस्यीय एक अनुगमन समिति समेत गठन गरिएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes