कोशी अस्पतालको कोरोना उपचार केन्द्रबाट ८ जना डिस्चार्ज - Pahilo Online

कोशी अस्पतालको कोरोना उपचार केन्द्रबाट ८ जना डिस्चार्ज

writer

सुरेश कार्की

सुरेश कार्की
विराटनगर । विराटनगरको कोशी अस्पतालको कोरोना उपचार केन्द्रबाट थप ८ जना कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएका छन् ।
डिस्चार्ज हुनेमा सबै उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा संक्रमण देखिएकाहरू थिए । पछिल्लो २ पटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएकाले उनीहरूलाई आज डिस्चार्ज गरिएको प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए ।

डिस्चार्ज हुनेमा ७ जना नेपाली रहेका छन् भने एक जना भारतीय नागरिक रहेका छन् । नेपाली सात जनामध्ये ५ जना उदयपुरका हुन् भने २ जना विराटनगरका हुन् । उनीहरू मध्ये ७ जनालाई विराटनगर १५ रानी स्थित रानी मर्जकमा राखिनेछ भने कोरोना मुक्त भएकी एक महिलालाई होम क्वारेन्टाइनका लागि उदयपुर पठाइने कोशी अस्पालकी मेसु डा संगिता मिश्रले जानकारी दिईन् ।

यससँगै विराटनगरबाट कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्या १४ पुगेको छ । यसअघि सोही स्थानमा कोरोना संक्रमणमुक्त भएका ६ जना बुधबार डिस्चार्ज भएका थिए । नेपालभर कोरोनाबाट निको हुनेको संख्या ३० पुगेको छ । संक्रमितको संख्या १०१ पुगेको छ । कोरोना मुक्त ३० मध्ये जसमा ३ जनालाई पूनस् कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना गरिएको छ ।

यसैविच उपचार केन्द्रबाट कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएका ८ जना व्यक्तिको विदाईसँगै उपचारमा खटिएका स्वास्थ्यकर्मी लगायत प्रदेश सरकारलाई मुस्लिम समुदाय विराटनगरका अगुवाहरुले धन्यवाद प्रकट गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes