यायोक्खा नगर अध्यक्षको शवलाई दुई वटा झण्डा ओढाएर सम्मान - Pahilo Online

यायोक्खा नगर अध्यक्षको शवलाई दुई वटा झण्डा ओढाएर सम्मान

writer

पहिलो अनलाइन

पथरी । किरात राई यायोक्खा पथरी शनिश्चरे नगर समिती अध्यक्ष डम्बरसिंह चम्लिङ राईको शवलाई यायोक्खा लगायत दुई वटा झन्डा ओढाएर सम्मानसहित अन्त्यष्ठि गरिएको छ । मोरङ पथरी शनिश्चरे नगरपालिका–२ का ६८ बर्षिय चाम्लिङको करिव ६ महिना अगाडिदेखि भारत सिलिगुडी स्थित न्युरो अस्पतालमा उपचार हुँदै आएको थियो ।

चाम्लिङको बैशाख २१ गते अस्पतालमा मृत्यु भएको थियो । लकडाउनको कारण तत्काल समस्या भएपनी विहीबार पथरी ल्याएर चाम्लिङ परम्परा अनुसार अन्त्यष्ठी भएको हो ।

अध्यक्ष राईको पार्थिब शरीरमा यायोक्खा नगर समितिको आयोजनामा केन्द्रीय सचिव अर्जुन जम्नेली राई समितिको सस्थापक अध्यक्षसमेत रहेका नगर प्रमुख दिलिपकुमार राईले संयुक्त रुपमा झण्डा ओढाएका थिए । अन्त्यष्ठी कार्यक्रममा यायोक्खा जिल्ला अध्यक्ष नाराहाङ राई, नगर उपाध्यक्ष प्रेम वाम्बुले राई लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संगठित सदस्य भएको कारण नगर कमिटिको आयोजनामा १ नम्बर प्रदेश समिती सदस्य युवराज बस्कोटा र नगर संयोजक मोहन तुम्बापोले पार्टीको झण्डा ओढाएर सम्मान गरेका थिए ।

चाम्लिङ ब्लड प्रेसरले हानेपछी विराटनगरमा उपचार सम्भव नभएपछि थप उपचारको लागि भारत सिलिगुडी लगिएको थियो । लामो समयदेखी राई दमुदायमा योगदान गर्दै आएका चाम्लिङ २०६३ मा नगर समितिको सदस्य, २०६६ मा उपाध्यक्ष र २०७६ बाट नगर समितिको अध्यक्ष भएर काम गर्दै आएका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes