उदयपुरमा लकडाउन कार्यान्वयन फितलो, प्रहरी प्रशासनले खुलेआम हिँड्डुल रोक्न कुनै पनि सक्रियता देखाएन - Pahilo Online

उदयपुरमा लकडाउन कार्यान्वयन फितलो, प्रहरी प्रशासनले खुलेआम हिँड्डुल रोक्न कुनै पनि सक्रियता देखाएन

writer

उदयपुर । हटस्पटको रुपमा लिइएको उदयपुर जिल्लमा लकडाउ कार्यन्वयन फिललो पाइएको छ । एउटै गाँउमा २८ जनामा कोरोना संक्रमण भएपछि प्रदेश सरकारले जिल्लालाई पूरै सिल गरेको छ । लकडाउन कडा पार्न प्रशासन चुकेको देखिन्छ भन्ने सर्वसाधारण बेपर्वाह सडक र बजारमा देखिने गरेका छन्।

सुरुमा प्रहरी प्रशासनले केही कडाइ गरे पनि अहिले गाईघाट बजारमा अधिकांश स्थानमा भीडभाड अधिक हुन थालेको छ। दिउँसोको समयमा लकडाउन नै नभएको अनुभूति हुनेगरी बजारमा किनमेलका नाममा सर्वसाधारण घुमफिर गरिरहेका देखिन्थे। सुरुका दिनहरुमा लकडाउन उल्लंघन गरी सडकमा निस्केकालाई प्रहरीले दिनभर नियन्त्रणमा लिएर साँझ सम्झाइबुझाई छाड्ने गरेको थियो। तर अहिले भने प्रहरी प्रशासनले खुलेआम हिँड्डुल गर्नेलाई रोक्न कुनै पनि सक्रियता देखाएको पाइँदैन। मानिसहरुले सामाजिक दूरीलाई समेत बेवास्ता गर्ने र व्यवसायीमा पनि त्यसप्रति चासो नभएको देखिन्थ्यो। सर्वसाधारण पनि एक जनाले ल्याउन सक्ने सामग्री खरिद गर्न समूह नै बनाएर बाहिर निस्किएका देखिन्थ्यो।

बेलाबेलामा प्रहरी प्रशासनले ‘बजार पसल बन्द गर्न माइकिङ गर्दै हिँडे पनि कतिले प्रहरीको आँखा छलेर त कतिले खुलेआम प्रहरीकै अगाडि पसलहरु खोलेका देखिन्थे। पत्रकारहरुले फोटो खिच्च थालेपछि पसलको सटर बन्द गर्ने र पत्रकार गएपछि फेरि व्यापार सञ्चालन गर्ने गरेका देखिन्थे। बजारमा विषेश गरी कपडा तथा कस्मेटिक पसलहरु बढी खुलेका थिए। कतिपय स्थानमा त प्रहरी नै व्यापारीसँग गफिँदै बसेको समेत थिए। यसबारे प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीलाई जानकारी गराउँदा आफूलाई थाहा नभएको र प्रशासनले कडाइ गरेको बताए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes