सोलुखुम्बुमा दुईमा कोरोना आरडीटी विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजिटिभ - Pahilo Online

सोलुखुम्बुमा दुईमा कोरोना आरडीटी विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजिटिभ

writer

सोलुखुम्बु। सोलुखुम्बुमा बुधबार कोरोना जाँचका लागि गरिएर्को यापिड टेस्टमा दुई जनामा पोजिटिभ देखिएको छ । सोताङकी २८ वर्षीया महिला र लिखुपिके गाउँपालिकाका युवकको आरडीटी रिपोर्ट पोजिटिभ आएको हो । ती महिला वैशाख ११ गते परिवारका पाँच सदस्यसहित उदयपुरको कटारी– ८ मरुवाबाट सोताङ पुगेकी थिइन् । युवक भने त्यहीँ बसिरहेका हुन् वा बाहिरबाट गएका भन्ने खुलेको छैन ।

महिलालाई प्राथमिक स्वास्थ्य केन्द्र सोताङको आइसोलेसन वार्डमा राखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कर्मचन्द राजवंशीले बताए । ‘ती महिलाको पीसीआर टेस्टका लागि थ्रोट स्वाब संकलन गर्ने तयारी हुँदै छ’ उनले भने, ‘शुक्रबार स्वास्थ्य टोली सोताङ गएर स्वाब सकलन गर्नेछ ।’ सकलित स्वाब परीक्षणका लागि काठमाडौं पठाइने उनले बताए ।

त्रियुगा नगरपालिका–३ भुल्केमा २८ जनामा संक्रमण भेटिएपछि उदयपुर जिल्ला कोरोना संक्रमणको उच्च जोखिममा छ । जोखिम क्षेत्रबाटै आएकी ती महिलाको परिवारका अन्य सदस्यलाई गाँउपालिकाको क्वारेन्टाइनमा राखिएको इलाका प्रशासन कार्यालय सोताङका प्रमुख विनोद गौतमले बताए । महिलाका परिवार सदस्यसहित सम्पर्कमा आएका अरूको पनि स्वाब संकलन गरिने प्रशासनले जनाएको छ ।

लिखुपिकेका युवकको स्वाब पीसीआर परीक्षणका बिहीबारै काठमाडौं पठाइसकिको राजवंशीले जानकारी दिए । कटारीमा पनि ती महिला बसेको बरुवा क्षेत्रका स्थानीयलाई अन्य व्यक्तिसँग सम्पर्क नगर्न र बाहिर नजान अनुरोध गरिएको नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes