कोसी राजमार्गको रोकिएको निर्माण कार्य सुरू - Pahilo Online

कोसी राजमार्गको रोकिएको निर्माण कार्य सुरू

writer

विराटनगर । संघीय सरकारले लकडाउनको अवधिमा ठूला आयोजनाका काम नरोक्ने निर्णय गरेपछि कोसी राजमार्गमा कालोपत्र गर्ने र नाला व्यवस्थित गर्ने काम अघि बढाइएको छ । उक्त सडकको रानी–विराटनगर–इटहरी–धरान खण्डमा सुरक्षाका साथ काम गर्न थालिएको हो ।

कोरोना भाइरस संक्रमणमको महामारीका कारण सबै गतिविधिहरु ठप्प भएका थिए । सरकारले २०७६ चैत ११ गते देशभर लकडाउन लागू गरेको थियो । यो अवधिमा सबै खालका योजना प्रभावित भएका थिए । सरकारले लकडाउन अवधिमा ठूला आयोजनाका काम सुचारु गर्न भनेपछि रानी–विराटनगर इटहरी–धरान सडक योजनाअन्तर्गत तुण्डी रमण कन्सट्रक्सनले काम अघि बढाएको हो ।

लकडाउनको अवधिमा अपनाउनु पर्ने सबै मापदण्ड अवलम्बन गरी सुनसरीको दुहबी र इटहरीबीच सडकमा कालोपत्र गर्ने काम सुरु गरिएको हो । उक्त सडकको काम सुचारु गर्न सरकारले चैत अन्तिममा पत्र पठाएर निर्देशन दिएको थियो । सुरक्षाका सबै उपाय अपनाएर सडक कालोपत्र र नाला व्यवस्थित पार्ने काम भइरहेको ठेकेदार कम्पनीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes