प्रदेश १ मा कोरोनाको उपचार गराइरहेका ६ जना डिस्चार्ज - Pahilo Online

प्रदेश १ मा कोरोनाको उपचार गराइरहेका ६ जना डिस्चार्ज

 उपचारत २५ जनाको अवस्था सामान्य

writer

विराटनगर । प्रदेश १ मा कोरोनाको उपचार गराइरहेका ६ जना डिस्चार्ज भएका छन् । प्रदेश १ सरकारले संचालनमा ल्याएको कोशी अस्पताल कोभिड—१९ उपचार केन्द्रमा उपचार गराएर ठिक भएका ६ जना भारतीय नागरिक बुधबार डिस्चार्ज भएका हुन्। उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ मा अवस्थित नुरी मस्जिदमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएका उनिहरु विराटनगरको कोशी अस्पताल कोभिड—१९ उपचार केन्द्रमा उपचाररत थिए ।

उनिहरुको स्वास्थ्यमा सुधार आई कोरोना रिर्पोट नेगेटिभ आएपछि सबैलाई बुधबार अस्पतालबाट विदाई गरिएको हो । डिस्चार्ज भएकाहरुलाई विराटनगरको रानीस्थित एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइनमा पुनः १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने छ । त्यहाँ १० शैयाको शौचालयसहितको क्वारेनटाइन तयार गरिएको छ ।

कोशी अस्पतालका अनुसार कोरोनामुक्त भई डिस्चार्ज हुनेहरुमा ३० वर्षीय अनुस जैदी, २८ वर्षीय मोहम्मद जावेद, २९ वर्षीय मोहम्मद अजिज, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद रासीद छन् । अस्पताललमा उनिहरु भर्ना भएको १४ दिनपछि दोस्रो र तेस्रो पटकको स्वाब परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको कोशी अस्पतालकी मेसु संगीता मिश्रले जानकारी दिइन् । उनले भनीन्,‘‘चिकित्सकको निगरानीमा उपचार गरी स्वास्थ्य लाभ गरेर उनीहरु गएका हुन् ।’’ अब क्वारेन्टाइनमा बसेपछि उनिहरुको स्वास्थ्य अवस्था कस्तो हुनेछ भन्नेसमेत निगरानी हुनेछ । आवश्यक परे परीक्षण पनि गरिने छ ।

उदयपुरको भुल्केस्थित मस्जिदमा बसेका बेला परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि वैशाख ५ गते राति उनिहरुलाई प्रदेश सरकारले कोशी कोभिड १९ उपचार केन्द्रमा ल्याएको थियो । अस्पताल भर्ना गराइएका १२ जनामध्ये ६ जना बुधबार डिस्चार्ज भएका हुन् । उनीहरुसंगै आएका बाँकीको अस्पतालमै उपचार भईरहेको छ । कोभिड १९ उपचार केन्द्रमा २५ जना उपचाररत छन् । उनिहरुको अवस्था सामान्य रहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes