एसईई को ग्रेड निर्धारण आन्तरिक परीक्षाबाटै गर्न प्याब्सनको माग - Pahilo Online

एसईई को ग्रेड निर्धारण आन्तरिक परीक्षाबाटै गर्न प्याब्सनको माग

writer

सुरेश कार्की

सेुरेश कार्की
मोरङ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड निर्धारण आन्तरिक परीक्षाबाटै गर्न माग गरेको छ ।
एक विज्ञप्ति जारि गर्दै प्यवसनले कोरोना भाइरसको जोखिमका कारण रोकिएको परीक्षा अहिले पनि सञ्चालन गर्ने अवस्था नभएको भन्दै परीक्षा नलिई आन्तरिक परीक्षाबाटै ग्रेड निर्धारण गर्न माग गरेको हो ।

प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले एक विज्ञप्ति जारी गर्दै विद्यालयहरूले गरेका आन्तरिक मूल्यांकनलाई नै राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी ग्रेड सिट र प्रमाणपत्र दिने व्यवस्था गर्न माग गरेका छन् । यसका लागि आवश्यक कानूनी अड्चन फुकाउनसमेत सरकारसँग आफूहरूले आग्रह गरेको जनाएका छन् ।

२०७६ को एसईईका लागि मात्रै लागू हुने गरी कानून व्यवस्था मिलाउनुपर्ने प्याब्सनको सुझाव छ । चैत पहिलो साताका लागि तय भएको एसईई परीक्षा नोवल कोरोना भाइरसका कारण अन्तिम समय स्थगित भएको थियो ।

सरकारले भने लकडाउन खुलेको तीन सातापछि एसईई परीक्षा सञ्चालन गर्ने बताउँदै आए पनि लकडाउन कहिले खुल्छ भन्ने यकिन छैन ।

गत चैत ६ गतेदेखि हुने तय भएको सो परीक्षा चैत ५ गतेको कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिको निर्णयपछि स्थगन भएको थियो । त्यसपछि कक्षा ११ र १२ का परीक्षा पनि स्थगन गरिएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes