विस्फोटक पदार्थसहित विप्लव समूहका इलाम जिल्ला इञ्चार्ज पक्राउ - Pahilo Online

विस्फोटक पदार्थसहित विप्लव समूहका इलाम जिल्ला इञ्चार्ज पक्राउ

writer

इलाम । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका इलाम जिल्ला इञ्चार्ज पुष्प कोइराला विस्फोटक पदार्थसहित पक्राउ परेका छन् कोइरालासँगै ताप्लेजुङ लिकुखोला घर भएका जनम भनिने २४ वर्षीय पासाङ शेर्पा र उदयपुरका सौरभ भनिने १९ वर्षीय पासाङ तामाङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। ठुलो परिमाणमा विष्फोट पदार्थसहित इलामको माई नगरपालिका ९ बोरुङमा शसस्त्र प्रहरीसमेतको टोलीले विप्लव समूहका नेता र कार्यकर्तालाई पक्राउ गरेको हो ।

विशेष सुराकीका आधारमा समातिएको र उनीहरूका साथबाट विष्फोटक पदार्थ तथा त्यसका लागि प्रयोग हुने सामग्री बरामद भएको इलामका प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिएका छन् । पाण्डेका अनुसार उनीहरुको साथबाट विष्फोटक पदार्थ डिटोनेटर १९ थान, प्रेसरकुकर बम एक थान, ग्रिनेड एक थान, टुकी बम एक थान, पाइपमा फीट गरिएको बम एक थान, डेथ कड ६७ फिट, बम विष्फोटमा प्रयोग हुने मिटर र रिमोट चार थान, विभिन्न प्रकारका बिष्फोटक पदार्थ, चक्कु तथा दस्तावेजहरु फेला पारिएको छ। पक्राउ परेका तिनै जनालाई अहिले जिल्ला प्रहरी कार्यालय इलाम ल्याई र्पुयाइएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes