घरेलु उद्योग महासंघ र लायन्स क्लबद्वारा राहत हस्तान्तरण - Pahilo Online

घरेलु उद्योग महासंघ र लायन्स क्लबद्वारा राहत हस्तान्तरण

writer

Santosh Khaling Rai

पथरी शनिश्चरे । कोरोना संक्रमणबाट जोगिन गरिएको बन्दाबन्दी (लकडाउन) का कारण समस्यामा परेकाहरुका लागि घरेलु उद्योग महासंघ र लायन्स क्लबले आज मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयमार्फत राहत हस्तान्तरण गरेको छ ।

नगरका घरेलु उद्योगी सहितका १४ उद्यमीबाट संकलित नगद रकम १ लाख ८२ हजार ६ सय ३० रुपैयाँ नगरको राहत कोषमा जम्मा हुनेगरी नेपाल घरेलु तथा साना उद्योग महासंघकातर्फबाट नगर अध्यक्ष गुरुप्रसाद दहालले आज नगर प्रमुख दिलीपकुमार राईलाई हस्तान्तरण गरे । साथै ६ सय वटा मास्क पनि हस्तान्तरण भएको छ ।

उता, लायन्स क्लब अफ पथरी र लायन्स क्लब अफ पथरी योङहार्टले आजै २ हजार केजी चामल राहतका लागि हस्तान्तरण गरेको छ । त्यस्तै, वडा नम्बर २ का अशोक दर्नाल र अमेरिकामा रहेकी उनको श्रीमती सावित्रा गजमेर समेतबाट ५ सय केजी चामल नगरमा हस्तान्तरण भएको छ ।

लायन्सका भाइस डिस्ट्कि गभर्नर रेवतबहादुर कार्कीको अगुवाईमा नगर प्रमुख एवम् कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिका संयोजक दिलीपकुमार राई, उपप्रमुख एवम् राहत व्यवस्थापन तथा वितरण समिति संयोजक यमुना विष्ट वास्तोला सहितलाई राहत हस्तान्तरण भएको छ ।

यसैगरी, भूटानी शरणार्थी सहितको राहतमा सक्रिय १० नम्वर वडाको कंचनजंघा दैवीप्रकोप व्यवस्थापन समितिले लकडाउनका कारण वडाका खानमा समस्या भएका ६८ परिवारलाई आज खाद्यान्न राहत वितरण गरेको छ । वडा कार्यालयसँगको समन्वयमा समितिका पदाधिकारी तथा विदेशमा रहने वडावासीबाट संकलित ५५ हजार रकमबाट राहत वितरण गरिएको समिति अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगाना प्रकाशले जानकारी दिए । जसमा २ जनासम्मको परिवारलाई १० केजी र त्यसभन्दा बढी सदस्य भएको परिवारका लागि १५ केजी चामल तथा सवैका लागि १ केजी नून र आधा लिटर खानेतेल वितरण गरिएको उनले बताँँए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes