नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ८२ पुग्यो - Pahilo Online

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ८२ पुग्यो

writer

काठमाण्डौ । नेपालमा थप सात जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । नयाँ भेटिएका सातै जना नेपालगञ्जका नागरिक रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

भेटिएका नयाँ सङ्क्रमितमध्ये नेपालगञ्ज उपमहानगरपालिका ८ का २२, ३० र ४० वर्षीय पुरुष छन् भने ९, ३२, ३४ र ५५ वर्षीया महिला रहेको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ८२ पुगेको छ । सङ्क्रमितमध्ये १६ जना उपचारपछि निको भएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes