पानीमा डुबेर १ बालिका सहित २ जनाको मृत्यु - Pahilo Online

पानीमा डुबेर १ बालिका सहित २ जनाको मृत्यु

writer

संखुवासभा र धनकुटाको २ स्थानमा पानीमा डुबेर १ बालिका सहित २ जनाको मृत्यु भएको छ । आईतवार दिउँसो २ बजेको समयमा संखुवासभाको सभापोखरी गाउँपालिका २ की ३२ बर्षीया चन्द्र कुमारी राई सभापोखरी गाउँपालिका १ को सादीबेसीमा रहेको दिब्यश्वरी हाईड्रो पावरको पानी जमाउने पोखरीमा डुबिरहेको अवस्थामा मृत फेला परेकी हुन् । घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी जिल्ला अस्पताल खाँदवारी पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

यसैगरी धनकुटा नगरपालिका १ जौटार बस्ने राजिव तितुङको १८ महिनाकी छोरी सिर्जना तितुङको आफ्नै घरमा रहेको पानीको ड्रममा डुबेर मृत्यु भएको छ । आईतवार अपरान्ह ५ बजेको समयमा बालिका पानीको ड्रममा डुबेर मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले मृतकको कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी जिल्ला अस्पताल धनकुटा पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes