इसाई समाज विराटनगरद्वारा महानगरपालिकालाई राहत सहयोग - Pahilo Online

इसाई समाज विराटनगरद्वारा महानगरपालिकालाई राहत सहयोग

writer

विराटनगर । नेपाल सरकारले घोषणा गरेको लकडाउन ४० दिन नाघिसकेको छ । दैनिक ज्यालामजदुरी गरेर जीवन चलाइरहेका सबै तहका मानिसहरू आर्थिक अभावमाभोकै बस्नुपर्ने अवस्थासिर्जना हुँदै गएको छ । यस्तो अवस्थामा विराटनगर महानगर भित्रबसोबास गर्ने विपन्न र अभावमा रहेका व्यक्तिहरूलाई राहतप्रदान गर्न इसाई समाज विराटनगरले ५५ हजार बराबरको ५० बोरा चामल विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको छ ।

इसाई समाज विराटनगर नागरिकस्तरको धार्मिक संगठन भएको कारण नागरिकको पीडा महशुस गर्दै सानो भएपनि सहायता उपलब्ध गराएको समाजका अध्यक्ष सुरज मल्लले बताए । राहत बुझ्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले समाजमा भएका हरेक धार्मिक निकायहरूले यसरी नै सहायता गरे जस्तोसुकै ठूलो कहरको सामना गर्न पनि सहज हुने बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes