फुङलिङ बजार आगलागीबाट झण्डै ८ करोड रुपैयाँको क्षति, आगलागि कारण पत्ता लाग्न सकेन - Pahilo Online

फुङलिङ बजार आगलागीबाट झण्डै ८ करोड रुपैयाँको क्षति, आगलागि कारण पत्ता लाग्न सकेन

writer

ताप्लेजुङ । फुङलिङ बजारमा ४ वर्षपछि दोहोरिएको आगलागीको घटनामा ७ घर जलेका छन् भने झन्डै ८ करोड रुपयाँ बराबरको धनमाल नष्ट भएको छ । घरसँगै ती घरमा रहेका १२ वटा पसल समेत जलेर नष्ट हुँदा झण्डै ८ करोड रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।निमित्त प्रहरी प्रमख प्रहरी निरीक्षक मोहन पोख्रेलका अनुसार यो प्रारम्भिक विवरण मात्र भएको र विस्तृत विवरण आउन भने बाँकीे छ ।

उनका अनुसार जलेकामध्ये दुई वटा पक्की र अन्य ५ कच्ची घर रहेका छन् । आगलागी सुरु भएको चार घण्टापछि गएराति २ बजे आगो नियन्त्रणमा आएको थियो । आगलागीको कारण भने पत्ता लागिनसकेको निमित्त प्रहरी प्रमुख पोख्रेलले बताए। उनले गस्तीमा रहेका प्रहरीले पहिलो पटक आागो लागेको देखेको र मान्छे नभएको खाली घर बाहिर ग्याँस गनाइरहेको र आगो हुर्किसकेको समेत जानकारी दिए। आगो पूर्ण नियन्त्रणमा लिन बिहानसम्म पनि दमकल, स्थानीय नागरिक, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी खटिएका थिए ।

यसअघि सदरमुकामको वीरेन्द्र चोक, सदरमुकामको प्रवेशद्वार तोक्मे क्षेत्र, शेर्पाटोल र टुक्रेमा आगलागी भएको थियो । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार सबै आगलागी हिउँद याममै भएका थिए । प्रहरीको तथ्यांक अनुसार आगलागीबाट सबैभन्दा बढी क्षति २०६० चैत १५ गते साँझ वीरेन्द्र चोकको आगलागीमा भएको थियो । त्यतिबेला ४५ घर जल्दा ५१ करोडभन्दा बढीको क्षति भएको थियो । त्यस्तै २०७३ चैत ९ गते तोक्मे क्षेत्रमा भएको आगलागीमा ४४ घर जलेका थिए ४१ करोडभन्दा बढीको क्षति भएको थियो ।

२०६८ मा शेर्पाटोल र ०६९ सालमा टुक्रे बजारमा आगलागी भएको थियो । शेर्पाटोलमा ८ करोड ५० लाख र टुक्रेमा ५ करोडभन्दा बढीको क्षति भएको उद्योग वाणिज्य संघका अध्यक्ष तारानाथा घिमिरेले बताए । वीरेन्द्रचोकको आगलागी टुकी बत्तीबाट भएको थियो । तोक्मे डाडाँमा होटलमा रक्सी झान्दा आगलागी सुरु भएको थियो । टुक्रेमा रोटी पकाउदा र शेर्पाटोलमा विद्युत सर्ट भएर आगलागी भएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes