पथरी काठमाडौ मैत्री समाजद्वारा मोरङ्गका विभिन्न पालिकामा पिपिई वितरण - Pahilo Online

पथरी काठमाडौ मैत्री समाजद्वारा मोरङ्गका विभिन्न पालिकामा पिपिई वितरण

writer

पथरी । पथरी काठमाडौ मैत्री समाजले मोरङ्गका विभिन्न पालिकामा कार्यरत स्वास्थ्य कर्मीहरुका लागि पिपिई वितरण गरेको छ। कोभिड १९ को महामारीमा पथरी काठमाडौ मैत्री समाजले पुर्बी मोरङका पालिकाहरुकाका स्वास्थ चौकी तथा अस्पतालमा कार्यरत स्वस्थकर्मीहरुलाई अत्यावश्यक व्यक्तिगत सुरक्षा सामग्री ( पि पि इ) हस्तान्तरण गरेको हो ।

समाजका संस्थापक संयोजक टीका गौतमको पहलमा अमेरिका नेपाल चिकित्सा प्रतिष्ठानले उपलब्ध गराएको पि पि ई बुधबार र बिहीवार गरेर पथरीशनिचरे नगरपालिका, रतुवामाई नगरपालिका , मिक्लाजुङ गाउँपालिका, उर्लाबारी नगरपालिका , कानेपोखरी गाउँपालिका , बेलबारी नगरपालिका , लेटाङ नगरपालिका र सुन्दर हरैचा नगरपालिकामा बितरण गरिएको समाजका सचिब अशोक खनालले बताए ।

सामान उपलब्ध गराएर समन्वय गर्न अवसर दिएकोमा अमेरिका नेपाल चिकित्सा प्रतिष्ठान र अध्यक्ष डा. भुपेन्द्र कुमार बस्नेत लगायत सो अभियानमा सहयोग पुर्याउने जनप्रतिनिधिहरुलाई समाजका संस्थापक सम्योजक टीका गौतमले धन्यवाद ब्यक्त गरेका छन ।

समाजको संस्थापक संयोजक गौतमको नेतृत्वमा बर्तमान अध्यक्ष लक्ष्मी प्रसाद कोइराला , उपाध्यक्ष बिकास घिमिरे , सचिब अशोक खनाल र सल्लाहकार सदस्य यज्ञ प्रसाद चौलागाईं को टोलिले उक्त सामाग्री पालिकाहरुमै पुगेर हस्तान्तरण गरेको हो । सामाग्री हस्तान्तरण पछि यस विषम परिस्थितिमा समाजको तर्फबाट थोरै भएपनी सहयोग पुर्याउन पाउँदा सन्तुष्ट भएको अध्यक्ष लक्ष्मी प्रसाद कोइरालाले बताए ।

समाजले केही दिन अघिमात्रै कोभिड १९ कै माहामारीमा काठमाडौमा अलपत्र परेका पथरी शनिस्चरे नगरबासीहरुलाई नगरपालिकाको समन्वयमा गाडी रिजर्भ गृहनगर पठाएको समेत अध्यक्ष कोइरालाले बताए । सबै पालिकाका प्रमुख , उपप्रमुख लगायत स्वास्थकर्मीहरुले यस्तो विषम परिस्थितिमा महत्त्वपूर्ण सामाग्री उपलब्ध गराएकोमा पथरी काठमाडौ मैत्री समाज र सम्पुर्ण टिमलाई धन्यवाद व्यक्त गरेका छन ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes