ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा आगलागी हुदा ७ घर जली नष्ट - Pahilo Online

ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा आगलागी हुदा ७ घर जली नष्ट

writer

ताप्लेजुङ । ताप्लेजुङ फुङलिङ नगरपालिका ५ स्थित ट्याक्सी स्टेण्ड छेउमा रहेका सात वटा घर र पाँच वटा घुम्तीमा आगलागी भएको छ । शुक्रबार राती साँढे १० बजे ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमै रहेको भट्टराई होटल एण्ड लजबाट के–कसरी अचानक आगलागी हुदाँ सो आगो फैलन गई वरपर रहेका सात घर र पाँच वटा घुम्तीमा आगलागी भएको हो ।

देवी भट्टराईको घरमा संचालनमा रहेको भट्टराई होटल एण्ड लज बाट आगलागी हुदा छिमेकी नेत्र कार्की, खेम के.सी., खड्ग थापा, चन्द्रमाया लोछार, राम साह र प्रेम निरौलाको घर तथा सोही घरमा संचालनमा रहेका होटल तथा लजहरु पूर्णरुपमा जली नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

यसै गरी सोही आगो फैलन गई नजिकै रहेका बिनिता बिस्टको घुम्ती चिया पसल, तुलसा भट्टराईको चिया तथा किराना घुम्ती पसल, बिशाल काउण्टरको घुम्ती, सुपर साईनो काउण्टरको घुम्ती र बुद्धशान्ती काउण्टरको घुम्ती समेत जली पूर्णरुपमा नष्ट भएको छ ।

उक्त आगलागी के कसरी भयो खुल्न सकेको छैन भने सो आगलागी प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा आज बिहान पौने ५ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको छ । आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes