एग्रोभेट पसलहरुलाई व्यवस्थित रुपमा सञ्चालन गर्न अनुरोध - Pahilo Online

एग्रोभेट पसलहरुलाई व्यवस्थित रुपमा सञ्चालन गर्न अनुरोध

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका क्षेत्रमा सञ्चालित पशुपंक्षी र कृषिजन्य सामग्री विक्री गर्ने ‘एग्रोभेट’ पसलहरुलाई वैधानिक र व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि अनुरोध गरिएको छ । नगर उपप्रमुख एवमन् नगर अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा नगरको पशुपंक्षी शाखामार्फत आज वडा नम्वर १ को पथरी बजारमा एग्रोभेट पसलहरुको अनुगमनका क्रममा त्यस्तो अनुरोध गरिएको हो ।

१ नम्वर वडाध्यक्ष बाबुराम एङ्देन, पथरी उद्योग वाणिज्य संघका प्रतिनिधि समेतको सहभागितामा पथरीका ५ वटा पसल अनुगमन् गर्दै टोलीले विषादी र खाद्य वस्तु अलग अलग राखेर विक्री वितरण गर्न सुझाव दिइएको छ । कुनै सामग्री प्याकेट बाहेक खुला नबेच्न समेत सचेत गराइएको छ । कोरोना भाइरसको संक्रमणको समयमा भौतिक दूरी कायम गरी आवश्यक स्वास्थ्य सजकता अपनाएर मात्र विक्री वितरण गर्न पनि सचेत गराइएको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes