कामना बैंकको राहत सामग्री सहयोग - Pahilo Online

कामना बैंकको राहत सामग्री सहयोग

writer

पथरी शनिश्चरे । कोरोना भाइरसको संक्रमणबाट बच्न गरिएको बन्दाबन्दी ( लकडाउन) का कारण समस्यामा परेका मोरङको पथरीशनिश्चरे नगरपालिकाका दैनिक ज्यालामजदुरको राहतका लागि आज कामना सेवा विकास बैंक पथरी शाखाले ५ सय ५० किलोग्राम चामल उपलब्ध गराएको छ ।

बैंकका शाखा प्रमुख वीरेन्द्र भण्डारी सहितको कर्मचारी टोलीले नगरको कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिका सदस्य तथा राहत व्यवस्थापन तथा वितरण समिति संयोजक एवम् नगर उपप्रमुख यमुना विष्ट वास्तोला, समितिका सदस्य दीपक वस्नेत सहितलाई सो राहत हस्तान्तरण गरेको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes