उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका वडा नम्बर ७ राजाबास स्थित जनता क्याम्पसमा रहेको क्वारेन्टाईनमा एक किशोरले आत्महत्या गरेका छन्। रौतामाई ७ गुराँसे बस्ने १८ वर्षीय सुमन बिकले आत्महत्या गरेको सोही गाउँपालिका अध्यक्ष गजेन्द्र बहादुर खड्काले जानकारी दिए।
अध्यक्ष खड्काकाअनुसार बैशाख ११ गतेबाट क्वारेन्टाईनमा बस्दै आएको बिकले बिहीबार राति झुण्डिएर आत्माहत्या गरेका हुन्। प्रेम विवाह गरेर काठमाडौ पुगेका बिक लकडाउनको समय फर्किएपछि उनलाई क्वारेन्टाईनमा राखिएको थियो। बिकले श्रीमति सुतिरहेको समय श्रीमतिकै सल पासो लगाएर झ्यालमा झुण्डिएर आत्माहत्या गरेको प्रहरीले जनाएको छ। बिकसहित अन्य ८ जनालाई जनता क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो। अहिले पोष्टमार्टमको लागि उनको शब जिल्ला अस्पताल लगिएको छ।