प्रदेस नं. १ मा कोरोना कोभिड –१९ प्रयोगशालाको विस्तार - Pahilo Online

प्रदेस नं. १ मा कोरोना कोभिड –१९ प्रयोगशालाको विस्तार

writer

सुरेश कार्की


मोरङ । प्रदेस नं. १ ले कोरोना कोभिड –१९ प्रयोगशालाको विस्तार गरेको छ । यस अघि कोसी अञ्चल अस्पताल विराटनगर र विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा हुंदै आएको पिसिआर परीक्षण विस्तार गरी विराटनगरको पशुपंक्षी रोग प्रयोगशाला अन्वेसण केन्द्रमा आज (शुक्रबार) देखि परीक्षण सुरू गरेको हो ।

प्रदेश नं. १ का सामाजिक विकास मन्त्रि जिवन घिमिरेले निरीक्षण गरी सुरू गिरएको प्रयोग सालामा आज १९ जनाको परीक्षण भएको छ । परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको प्रदेश प्रयोगशालाका ल्याब टेक्निसियन अशोक सिवाकोटिले बताएका छन् । प्रदेश नं. १ जनस्वास्थ्य प्रयोगशालाको ब्यबस्थापनमा सुरू भएको उक्त कोरोना ल्याब सेन्टरबाट प्रदेश १ को कोरोना पहिचानमा थप मद्दत पुग्ने जनाईएको छ । यस संगै प्रदेश १ मा तीन ठाउंमा पिसिआर परीक्षण सुरू भएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes