सुनिता मगर चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित - Pahilo Online

सुनिता मगर चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

writer

बिराटनगर । प्रदेश प्रहरी तालिम केन्द्र १ नम्बर प्रदेश बिराटनगरमा कार्यरत प्रहरी जवान सुनिता मगर चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएकी छन् । विभागिय मुल्यमान्यता, आदेश निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवलका साथ प्रहरी तालीम केन्द्रमा संचालीत प्रहरी जवान आधारभुत तथा उन्नत तालीममा बाह्य प्रशिक्षकको रुपमा खटिई प्रभावकारी प्रशिक्षण प्रदान गर्दै प्रशिक्षार्थी मैत्री वातावरणमा प्रशिक्षार्थीहरुलाई प्रशिक्षण गराउने क्रियाकलापमा उत्प्रेरित गरी प्रशिक्षण सामाग्रीहरुको उचित प्रयोग गरी प्रशिक्षार्थीहरुलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गर्नुका साथै दक्ष, अनुशासित, नागरिकमैत्री तथा व्यवसायिक प्रहरी उत्पादनमा विशेष भूमिका निर्वाह गरेको, विभागीय नीति निर्देशन, प्रशिक्षण केन्द्रको स्थायी आदेशको अक्षरश पालना गर्दै कुशल प्रशिक्षकको भूमिका निर्वाह गरी प्रशंसनिय कार्य गरेको हुनाले प्रदेश प्रहरी तालीम केन्द्र १ नं. प्रदेश विराटनगरमा कार्यरत प्रहरी जवान सुनिता मगरलाई निजले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै २०७६ साल चैत्र “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषणा गरिएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes