मोरङ । मोरङ बिराटनगर १३ मा टायर पड्कदा भारत समस्तिपुर घर भएका २५ बर्षीय मो. हैदरको मृत्यु भएको छ । बिराटनगर १३ का जितेन्द्र यादबको सटर भाँडामालिई गाडिको टायरको पम्चर बनाई बस्दै आएका हैदरले बुधबार दिउँसो साढे १ बजे पुरानो टायरमा हावा हालि रहेको अबस्थामा एक्कासी टायर पड्किदा टायर भित्र रहेको फलामको रिङले टाँउको र शरिरमा चोट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।
मृतक हैदरको शवलाई कानुनी प्रकृयाको लागी कोशी अस्पताल बिराटनगर लगिएको छ भने घटना सम्बन्धमा अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।